चीनमा आगलागीमा परी ३६ को मृत्यु

चेनजाउ । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन ।

आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु दुई जना घाइते भएका छन् । आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन् । उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ ।

सोमबार राति ११ बजेतिर त्यहाँ आगलागी भएको प्रहरीले जनाएको छ । यहाँ ठूलो संख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ ।

यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ५१ बजे