म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

याङ्गुन । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा  कोरोना  परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९  प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार चार सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार चार सय १२ पुगेको छ ।   दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : २३ बजे