काठमाडौँ ९: एमालेका कृष्ण गोपाल श्रेष्ठको अग्रता

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को  मत गणना जारी रहेको छ ।  

पछिल्लो मतपरिणाम अनुसार  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा हुनुहुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मत गणना भएको छ । सो मध्ये  एक हजार तीन सय आठ मत बदर भएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : २९ बजे