सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप : इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल

काठमाडौं – बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६–२ को जित निकालेको छ । सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ । 

गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरेका थिए । कप्तान ह्यारी केनले दुई गोलको अवसर सृजना गरेका थिए । इरानका मेहदी तारेमीले दुई गोल फर्काए । 

जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३६ बजे