आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना थालिने

जुम्ला । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ। 

मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका सङ्कलन भइसकेका छन् ।

मतगणना सुरु गर्नका लागि केही बेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ  । 

सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

मतगणनालाई सुरक्षित बनाउन तार जालीको व्यवस्था गरिएको छ । गणना स्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी हुनेछन् । 

जिल्लामा सङ्घीय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की गोमा गौतम (कुँवर), नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही बीच मुख्य  प्रतिस्पर्धा हुने भएको छ । 

प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली काँग्रेसका ललित जङ्ग शाही, नेकपा एमालेका धीरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्रबहादुर शाहीलगायत प्रतिस्पर्धामा छन् । 

त्यस्तै प्रदेशसभा ९२० मा सत्ता गठबन्धनको तर्फबाट नेकपा समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । 

जिल्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई स्थानका लागि निर्वाचन भएको छ । जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन् । 

जिल्लामा एक सय छ मतदान केन्द्र र ८३ वटा  मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  रासस

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४४ बजे