आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

ललितपुर । ललितपुरका तीन वटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । 

ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिनुभएको छ । नेपाली काँग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइ रहनुभएको छ । सिलवालले ६६५ मत पाउँदा काँग्रेसका राणाले ४०१ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।

उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गर्नुभएको छ भने लौरो चिन्हले ८९७ र  कलमले ७७७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै,  ललितपुर–३  मा अमृत खडकाले  ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌.तोसिमा कार्कीले २८६ मत प्राप्त गर्नुभएको छ । यसअघि जित्नुभएकी नेकपा माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ  । 

 

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३८ बजे