आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बैतडीमा मतपेटिका पुर्‍याएर फर्कँदै गरेको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

बैतडी । बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ । 

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “तीन जनाको मृत्यु भएको भन्ने खबर आएको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदै छु ।” 

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको छ । रासस 

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : १५ बजे