आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कास्की २ मा घण्टीका उम्मेदवार माधवप्रसाद कडेललाई अग्रता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । 

प्रतिनिधिसभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय ६२ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत र  राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्ण राज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भइरहेको छ ।

त्यसैगरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुँदा १ सय ९९ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो । 

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु  हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : १४ बजे