आजको पात्रो

आज वि.सं २०७९ मंसिर ५ गते सोमबार, 
ई.सं.२०२२ नोभेम्बर २१ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष कृष्णपक्ष द्वादशी, ७ः४१ बजे उप्रान्त त्रयोदशी
चित्रा – नक्षत्र
आयुष्मान् – योग, 
तैतिल – करण 
आनन्दादि योगमा मुद्गर योग
आज चन्द्रमा कन्या राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज टेलिभिजन दिवस, अर्जुनधारा मेला र सोम प्रदोष व्रत ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२९ बजे अनि  सूर्यास्त साँझ ५ः०८ मा हुनेछ ।
 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ०७ बजे