लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ ।
निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार अपराह्न ३ः०० बजेसम्म ५३ हजार १५४ मत खसेको छ ।
लमजुङका १३० वटा मतदान स्थानको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा छन् ।
लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता छन्।
प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ३ : ४७ बजे
प्रतिक्रिया