आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निगमको उडान कटौती गरेर भारतीय हवाई कम्पनीलाई अनुमति

काठमाडौँ – ​​​​​​​नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिकालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ ।

भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न निगमले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो ।

निगमको मुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ । यसअघि  दिल्ली–काठमाडौँ  दैनिक  एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउने बुधबारदेखि दैनिक दुई उडानको अनुमति दिएको हो । हाल काठमाडौँ–दिल्ली हरेक दिन बेलुका पाँच बजे उडान गर्दै आएको भिस्तरा एयरले बुधबारदेखि बिहानसमेत उडान गर्न लागेको प्राधिकरण स्रोतले जनाएको छ ।

प्राधिकरणले यसअघि नै दिल्ली–काठमाडौँ उडान गर्दै आएको इन्डिगो एयरको पनि दैनिक एक उडान थप गरिसकेको छ । 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ३७ बजे