विश्व इतिहासमा आज

 

आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना

अन्तर्राष्ट्रिय वालदिवस

सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो । यो दिनलाई हरेक वर्ष विश्व बाल दिवसको रुपमा पनि मनाइन्छ ।

 लियो टोलस्टोयको जन्म

आजकै दिन विश्वप्रसिद्ध रुसी साहित्यकारको निधन भएको थियो । निमोनियाबाट पीडित रुसी लेखक लियो टोलस्टोयको सन् १९१० मा अस्टापोभोको रेलवे स्टेसनमा हृदयघातका कारण निधन भएको थियो ।

 बेलायतमा भीषण आगलागी

सन् १९९२मा बेलायतको विन्डसर क्यासलमा भीषण आगलागी भएको थियो । आगलागीमा  ५ करोड पाउन्ड  बराबरको क्षति भएको थियो । आगो निभाउन घन्टौँ समय लागेको थियो । 

अन्तरिक्ष स्टेसन जर्याको पहिलो मोड्युल सुरु

​​​​​​​सन् १९९८मा  अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जर्याको पहिलो मोड्युल सुरु भएको थियो । 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४९ बजे