आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीका सबै क्षेत्रको तयारी पूरा 

महोत्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ ।

जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदान स्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिनुभयो ।

जिल्लामा चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदान स्थलको व्यवस्थापन गरिएको छ ।

निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदान स्थल र १२३ वटा मतदान केन्द्र छन् । जसमध्ये क मा ३१ वटा मतदान स्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदान स्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदान स्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदान स्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदान स्थल र ६६ मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदान स्थल र १२८ वटा मतदान केन्द्र गरी सबैभन्दा बढी छन्  ।  क मा ३३ मतदान स्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदान स्थल र ६६ मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र ४ मा ६० मतदान स्थल र १२२ मतदान केन्द्र छन् । यसमध्ये क मा २५ मतदान स्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदान स्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन्  । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ४३ बजे