आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संवेदनशील मतदानस्थलमा निर्वाचन आयोगले हेलिकप्टरबाट पनि अनुगमन गर्ने

काठमाडौं । निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ । बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताउनुभएकाे छ ।  

यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उहाँले बताउनुभयाे ।  यस्तै नेपालको सीमा क्षेत्र क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताउनुभयाे । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ५ : ४५ बजे