टोखामा काँग्रेस र माओवादीमा आबद्ध ७१ जना युवा एमाले प्रवेश

काठमाडौँ । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र गरी ७१ जना युवाहरू विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बसुन्धारामा बुधवार साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभयो । 

सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताउनुभयो । 

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उहाँले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउनुभयो । 

 

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १० : ३९ बजे