अध्यक्ष ओलीले आज सुनसरीका दुई चुनावी सभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज  सुनसरी र मोरङ एवं भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । 

अध्यक्ष ओलीले दिउँसो सुनसरीको दुहबी र लौकहीमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नुहुने छ भने साँझ विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली आजै विराटनगरको अन्तर्क्रियापछि झापा जानुहुने छ ।

उहाँले भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्नुहुने छ । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नं। १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नं। ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारका लागि अब भोलि एक दिन मात्र बाँकी छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : १२ बजे