सुनको मूल्यमा नयाँ कीर्तिमान

आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा घरेलु टोली नेपालविरुद्ध उत्रँदा पाकिस्तान फिफा निलम्बनपछि सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ । खेल साँझ ५ः०० बजे सुरु हुनेछ ।

नेपालका लागि पाकिस्तान सधैँ कठिन प्रतिद्वन्द्वी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ । तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तान नेपालविरुद्ध आठ वर्षपछि खेल्न लागेको हो । 

नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४(१ को जित निकालेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ । पाँच मध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो । 

नेपालले गत महिना दशरथ रङ्गशालामै बङ्गलादेश विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । अञ्जन विष्टको ह्याट्रिक प्रेरित नेपालले सो खेल ३(१ ले जितेको थियो । 

सोही टोलीका अधिकांश खेलाडीलाई समावेश गर्दै कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

पाकिस्तानविरुद्ध नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ टोलीमा छैनन् । उनको अनुपस्थितिमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् । गोलकिपर किरणको अनुपस्थितिमा विशाल श्रेष्ठले नेपाली गोलपोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।

बङ्गलादेश विरुद्धको खेलमा ह्याट्रिक पूरा गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या १० पुर्‍याएका अञ्जनका लागि सो गोल सङ्ख्या बढाउने यो सुनौलो अवसर हो । हरि खड्का र नीराजन रायमाझीको नाममा १३ गोलको कीर्तिमान रहेको छ ।

दशरथ रङ्गशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत दशरथ रङ्गशालामा मालदिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ४३ बजे