पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । 

हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : २४ बजे