बढ्यो सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ काराेबार भएको महासंघले जनाएकाे छ ।

हिजो साेमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ५३ बजे