धरहराबाट उपत्यका नियाल्ने रहर

‘मधुमेहका बिरामीले आँखाप्रति सचेत भई पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’

मोरङ – मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ ।

    ‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित यस रोगले आँखामा पार्ने अवसरबारे सञ्चरकर्मीसँग आयोजित अन्तरक्रियामा सो सचेतना दिइएको हो ।

    रगतमा चिनीको मात्रा बढेर शरीरका विभिन्न अङ्ग मिर्गाैला, आँखामा असर गरी पूर्ण अन्धो बनाउने तथा मुटुलाई असर गर्ने हुनाले समयमा यसको जाँच तथा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ । यस रोगको मुख्य लक्षण बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ सङ्क्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुक्खा हुनु आदि रहेका छन् । यस्ता लक्षण नदेखिइकन पनि मधुमेह लागेको हुन सक्छ ।

    गोल्छा अस्पतालका प्रमुख चिकित्सक डा सुभाष पोखरेलले मधमेहका बिरामीलाई मुख्यरूपमा आँखामा असर गर्ने हुनाले वर्षको एकपटक नेत्र चिकित्सकसँग जाँच गरी आँखाको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । गोल्छा आँखा अस्पतालले गत आव २०७८÷०७९ मा ४८ हजार छ सय नौ बिरामीको उपचार गरेको थियो । सोही वर्ष छ हजार नौ सय १२ बिरामीको आँखासम्बन्धी शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख विन्देशवर महतोले जानकारी दिनुभयो ।

    अस्पतालमा दैनिक तीन सय ५० बिरामी उपचारका लागि आउने गरेकामध्ये २८ प्रतिशत मधुमेहका बिरामी हुने गरेका छन् । नेपालमा ४० वर्षदेखि माथिका १८ प्रतिशतलाई मधुमेह हुने गरेको छ । त्यसमा नौ प्रतिशतमा आँखामा समस्या रहेको सोही अवसरमा जानकारी दिइयो । विसं २०३९ मा स्थापना भएको अस्पतालमा आँखाका सबै किसिमका उपचार सेवा प्रदान गर्ने गरिएको छ ।
 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : २९ बजे