चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली चितवन जानुहुँदै 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ । 

चितवनमा हुने एमालेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जान लाग्नु भएको हो ।

एमाले चितवनका नेता सुवास पण्डितका अनुसार अध्यक्ष ओली ११ ः००बजे चितवन पुग्ने र चुनावी सभालाई सम्बोधन गरेर फर्किने कार्यक्रम रहेको छ । अध्यक्ष ओली चुनावी अभियानका लागि देश दौडाहामा हुनुहुन्छ ।

यसअघि उहाँले आइतबार कर्णाली प्रदेशका विभिन्न जिल्लामा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : २४ बजे