मस्कले जी २० को साइडलाइन बैठकलाई सम्बोधन गर्ने

बाली – अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी हुने छन्  । उनी  इन्डोनेसिया जाने छैनन् बरु भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इन्डोनेसियाली अधिकारीले बताए । इलेक्ट्रिक कार निर्माता टेस्लाका समेत मालिक मस्कले बालीको रिसोर्ट टापुमा बी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । 

विश्वको सबैभन्दा धनी व्यक्तिले सोमबार बी २० मा इन्डोनेसियाली टाइकुन अनिन्द्य बकरीसँग “वैश्विक प्राविधिक आविष्कारको भविष्यमा अवरोध“ विषयमा एक घण्टा लामो भर्चुअल छलफलमा भाग लिने मस्को सचिवालयले जनाएको छ । 

बी २०ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई सहभागीको रूपमा सूचीबद्ध गरेको छ । 
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्ने बारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए । 

एजेन्सी

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ४८ बजे