एमाले अध्यक्ष ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । 

अध्यक्ष ओलीले क्रमशः कालिकोटको रास्कोट, दैलेखको जम्मुकाँध र  सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

अध्यक्ष ओलीले शनिवार डोटी र कैलालीका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ४८ बजे