सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।

क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । 

तत्कालीन कप्तान सन्दीप  लामिछानेमाथि नाबालिग बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसँगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल  सन्दीप पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा छन् । 

रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।

रोहितले सन् २०१९ जनवरी ३१ मा युएई विरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय २० खेलमा डेब्यु गरेका थिए । 

रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृङ्खला खेल्नेछ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ४३ बजे