विश्वको जनसङ्ख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्ने अनुमान

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ। 

सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसङ्घीय जनसङ्ख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो तर अनुमानित समय सीमा केही दिन मात्र बाँकी रहेकाले अहिले यो प्रक्षेपण भइरहेको छ । 

सन् १९५० पछि पहिलो पटक सन् २०२० मा विश्वव्यापी जनसङ्ख्या वृद्धि एक प्रतिशतभन्दा तल झरेको एजेन्सीले जनाएको छ ।

प्रतिवेदनले सन् २०५० सम्ममा अनुमानित जनसङ्ख्या वृद्धिको आधाभन्दा बढी कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र केन्द्रित हुने उल्लेख गरेको छ ।

हालैको संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार विश्वको जनसङ्ख्या सन् २०३० मा करिब ८.५ अर्ब, २०५० मा ९.७ अर्ब र त्यसपछि २०८० को दशकमा १०.४ अर्ब पुग्ने र सन् २१०० सम्म त्यो स्तरमा रहने अनुमान गरिएको छ । एजेन्सी

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : २१ बजे