काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार ७ : ३६ बजे
प्रतिक्रिया