भारतीय मिडियाको टिप्पणी : केपी ओली सरकारमा आए नेपाली भूमि फिर्ता लिएरै छोड्छन्

काठमाडौं । ४ मंसिरमा हुने निर्वाचन नजिँकिदै गर्दा छिमेकी मुलुक भारतका भारतीय सञ्चारमाध्यमहरुले यहाँको निर्वाचनको गतिविधिलाई नजिकबाट नियालिरहेका छन् ।

देशको प्रमुख राजनीतिक दलहरुको घोषणापत्रदेखि चुनावी आमसभाको सम्बोधनलाई नियालिरहेका भारतीय सञ्चारमाध्यमले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी आमसभा र भाषणलाई स्थान दिएका छन् ।

उनीहरुले पूर्वप्रधानमन्त्री ओली पुनः सरकारमा आए नेपालको नक्सामा समेटिएको आफ्नो देशको गुमेको भूमि कालापनी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग फिर्ता लिएरै छोड्ने दाबी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता लिने अठोटका साथ पूर्वप्रधानमन्त्री ओली चुनावी मैदानमा रहेको बताउँदै ओली भारत विरोधी रहेको आरोप समेत लगाएका छन् ।

केहिदिन अघि, भारतको चर्चित मिडिया रिब्लिक भारतले पूर्वप्रधानमन्त्री ओलीको सरकार पुनः सरकारमा आए नेपालको भूमि फिर्ता लिने दाबी गर्दै ओली भारत विरोधी रहेको समेत रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टमा ओली भारत विरोधी रहेको आरोप लगाइएको छ भने नेपालको सरकारमा पुनः ओली आए गुमेको फिर्ता ल्याएरै छोड्ने दाबी गरिएको छ । रिपोर्टमा ओली सरकारमा रहँदा पनि भारत विरोधी बयान दिने गरेको आरोप लगाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले ओली सरकारमा रहँदा छिमेकी मुलुक चिनसँग पारवहन सम्झौता गरेर सुमधुर समबन्ध बढाएको बताउँदै आएको छ । तत्तकालिन ओली सरकारले चिनसँग पारवहन सम्झौता गरेर भारतीय बन्दरगाह माथिको पारम्परिक परनिर्भता तोडको थियो । नेपालले चिनका सबै खुला सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने गरी पारवहन सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ०३ बजे