एमाले अध्यक्ष ओलीले आज धरानमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा आयोजना हुने  कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा कात्तिक २२ गतेदेखि झापा निर्वाचन क्षेत्र नं.२, ४ र ५ का विभिन्न चुनावी सभा, भेलालाई सम्बोधन र मतदातासँग भेटघाटमा व्यस्त रहनुभएका अध्यक्ष ओलीले आज सुनसरीको धरानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

सुनसरीको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौँ फर्कनुहुने छ । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ३५ बजे