मोरङ ३ प्रदेशसभा ‘क’: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार काँग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको थियो । काँग्रेसका उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको बुधवार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  

काङ्ग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोनयन पुरानै कायम गरिएको छ ।

आयोगका अनुसार उम्मेदवारको नामावली आज फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ३ः०० बजेसम्म हुनेछ। उम्मेदवारलाई आजै अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ ।  

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : ०३ बजे