सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

काठमाडौं ।​​​​​​​ सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको  भाउ स्थिर रहेकाे हाे । 

यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ ।

यता, चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार भने घटेर एक हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ११ : ४८ बजे