एमाले अध्यक्ष ओली आज झापा ४ का दुई चुनावी सभालाई सम्बोधन गर्नुहुने 

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा क्षेत्र नं ४ का दुई ठाउँमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । 

एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार आज मध्यान्ह १२ः०० बजे शिवसत्ताक्षीको शिवगञ्ज र साढे १ ः०० बजे कनकाई नगरपालिकाको सुरुङ्गामा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

निर्वाचन हुन १० दिन बाँकी रहँदा अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र र झापाका विभिन्न कार्यक्रमहरूमा व्यस्त हुनुहुन्छ । 

आजको कार्यक्रममा अध्यक्ष ओली र झापा ४ का उम्मेदवार एलपी साँवा लिम्बूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष ओली नेतृत्वको सरकार हुँदा सांसद साँवाले यस क्षेत्रको विकासका लागि गरेका कामका बारेमा आम जनसमुदायलाई प्रष्ट पार्नुहुनेछ ।

यसैगरी, अध्यक्ष ओलीले देशको समसामयिक परिस्थिति, गठबन्धनको ज्यादती, एमालेलाई आगामी चुनावमा जिताउनुपर्ने कारण र झापा ४ को विकासका लागि आफ्नो सरकारले गरेका योगदानको बारेमा प्रष्ट पार्नुहुने एमाले क्षेत्र नं ४ समन्वय कमिटीले जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : १० बजे