बाजुरामा भूकम्पको धक्का 

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्प ४.१ म्याग्निच्युडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीन वटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०३ बजे