पश्चिमी वायुको प्रभाव : पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । शुक्रवार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपातको आँकलन गरिएको छ ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन भनेको छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ ।  

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ३० बजे