आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २४ गते बिहीबार, ई.सं.२०२२ नोभेम्बर १० तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष द्वितीया
रोहिणी – नक्षत्र
परिघ – योग, 
गर – करण
आनन्दादि योगमा उत्पात योग
आज चन्द्रमा वृष राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२२ बजे अनि सूर्यास्त साँझ ५ः१२ मा हुने छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : १४ बजे