काँग्रेसलाई आयोगले नयाँ उम्मेदवारी दर्ता गराउन समय दिने

काठमाडौँ । निर्वाचन आयोगले मोरङमा मंसिर ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपनि निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए । निर्वाचन हुनु सात दिनअघिसम्म उम्मेदवारको मृत्यु भएमा त्यहाँ निर्वाचन नरोकिँने जनाउँदै उनले आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया छिट्टै सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ५६ बजे