उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सोल ।  उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ ।  

यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ । 

उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले जानकारी  दिएको छ । 

यस क्षेप्यात्र प्रहारको जापानले पनि पुष्टि गरेको छ । जापान सरकारले ट्विट गर्दै प्योङयाङले “संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र” प्रक्षेपण गरेको जनाएको छ । 

यस महिनाको सुरुमा पनि उत्तर कोरियाले एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित प्रहार गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ०१ बजे