साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

वाग्मती – मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट  आउँदै गरेको ना४१प ६४३६ नंको  मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम  लामा रहेको बताइएको  छ ।  उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ५७ बजे