प्रतितोला ३०० रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौं। सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य घटेकाे र  चाँदीको स्थिर रहेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।

यससँगै,  चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएकाे छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ५८ बजे