गिनीमा सडक दुर्घटना २२ को मृत्यु

मोगादिसु । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको मनसाय रहेको देशको गुप्तचर निकायलाई पूर्व सूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारबाही गरिएको जनाएको छ । 

सोमालीयाली सेनाले गरेको अथक प्रयासको कारण गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल–शबाबका करिब २०० सदस्यहरूलाई मारेको छ।’मन्त्रालयले अल–शबाब लडाकूहरुलाई हटाउन सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ ।
 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : ५४ बजे