२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।​​​​​​​ नेपाल सूनचाँदी व्यवसाय महासंघले साेमबार सुनचाँदीको मूल्य घटे्को छ । साेमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आइतबार छापावाला सूनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साेमबार १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : १७ बजे