साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

ट्विटरले बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई फिर्ता बोलायो

न्युयोर्क । एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर अधिग्रहणसँगै शुक्रवार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ ।  

कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५०५ कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्विटमा भनेका थिए ।एजेन्सी

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ४५ बजे