सुनको मूल्यमा नयाँ कीर्तिमान

थप २८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५७०

काठमाडौं  । थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १८७९ नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२१९ र एन्टिजेनबाट ६६० नमूनाको परीक्षण गर्दा पीसीआरबाट २६ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५७० पुगेको छ। 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ०८ बजे