सुनको मूल्यमा नयाँ कीर्तिमान

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी-२० पुरुष  विश्वकप क्रिकेटको सेमिफाइललमा प्रवेश गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा ग्रुप वानको विजेता न्युजिल्यान्डको सामना गर्नेछ । भारतले भने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । 

पाकिस्तान ग्रुप टू को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मन्सुदले अविजित २४ रन जोडे । 

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र इबादत हुसेनले समान १ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

बंगलादेश १० ओभरमा ७०–१ को बलियो स्थितीमा रहेको थियो । बंगलादेशका लागि ओपनर नाजमुल हुुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै सरकारले २० रन  जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सडाब खानले २ विकेट लिएका थिए।
 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ५८ बजे