सातौं पटक प्रधानमन्त्री बनाएपनि देउवाबाट देश बन्दैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बनेपनि देश नबन्ने बताएका छन् । गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धन दलले बहुमत पुर्‍याएर छैटौं पटक देउवालाई प्रधानमन्त्री बनाउँदैमा देश नबन्‍ने बताएका हुन् ।

लिङ्देनले भने ‘फेरि मौका परिहाल्यो, सबैको जोड्दा बहुमत पुग्यो भने गठबन्धनबाटै सरकार बनाउने होला, त्यसपछिको प्रधानमन्त्री को भन्दा त शेरबहादुर देउवा होइन उहाँको आदारपूर्वक नाम लिन चाहन्छु, अहिले ७९ वर्षको पुग्नुभयो, पाचौँ पटक प्रधानमन्त्री हुनहुन्छ,’ ‘ के देउवा अब ८० वर्ष पुगेर छैटौं पटक प्रधानमन्त्री बन्दा यो देश बन्छ रु बन्दैन, सातौं चोटी बनाएपनि बन्दैन, ८५ वर्षको उमेरमा बनाएपनि बन्दैन ।’

सभालाई सम्बोधन गर्दै उनले गठबन्धनभित्रका दलहरुले एक्लै बहुमत ल्याउने आँटसम्म नगरेको टिप्पणी गरेका छन् । गठबन्धनका दललाई मत दिएर भविष्य वर्वाद नपार्न पनि आग्रह गरेका छन् । आफ्नो पार्टीले सबैभन्दा बढी सिटमा उम्मेदवारी दिएको अध्यक्ष लिङ्दनले बताएका छन् । साथै उनले १० वर्षे द्वन्द्वले उर्वर समय खेर गएको र ५० वर्ष देश पछाडी धकेलिएको पनि बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : ४६ बजे