अछाम निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश 

अछाम । अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । 

उहाँलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गर्नुभयो।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहनुभएका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताउनुभयो। 

उहाँले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । उहाँले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गर्नुभयो ।

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उहाँले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताउनुभयो। स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताउनुभयो ।

परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उहाँले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्ने समेत विश्वास व्यक्त गर्नुभयो। 

बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वतन्त्र उम्मेदवार राधिका भुजेल, नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ०१ बजे