साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्बन्धी छलफल

खोटाङ । भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धी समसामयिक छलफलको आयोजना गरेको छ । 

इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्दाका विषयमा विचार विमर्शका लागि भिजन फर चेञ्जले खोटाङ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा शुक्रवार छलफल आयोजना गरेको हो । 

इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र कानुनी मुद्दाहरूको विषयमा छलफल गर्न  कार्यक्रम गरिएको भिजन फर चेञ्जका व्यवस्थापक गीता बरामुले बताउनुभयो। 

वाणिज्य सङ्घको सभा हलमा भएको कार्यक्रममा खोटाङका स्थानीय तहमा डिजिटल सुशासन सम्बन्धी भएका गतिविधिहरूको मापन र सो माथि विचार विमर्श गरिएको छ । 

समय सापेक्ष आवधिक रहन, इन्टरनेट र प्रविधि सम्बन्धी सार्वजनिक नीतिगत छलफलमा जागरूक सहभागिताका लागि इन्टरनेट प्रविधिका बारेमा छलफल गर्न जरुरी बनेको भिजन फर चेञ्जले जनाएको छ । 

कार्यक्रममा सहभागीले डिजिटल सुशासनका सन्दर्भमा खोटाङका स्थानीय तह कमजोर रहेको औँल्याएका छन् । 

खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले स्थानीय तहमा डिजिटल सुशासनका सवालमा भएका प्रयास कम भएको टिप्पणी गरेका छन् । 

सङ्घका प्रथम उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ, महासचिव मनोज बजिमय लगायतले दक्ष जनशक्ति अभावमा स्थानीय सरकारको डिजिटल सुशासन प्रभावकारी बन्न नसकेको औँल्याएका छन् । 

सूचना, सञ्चार र प्रविधिमार्फत सरकारी सेवा सुविधा प्रदान गर्ने कार्यलाई डिजिटल सुशासन भनिन्छ । राष्ट्रिय परिचय–पत्र, बायोमेट्रिक कार्ड, मतदाता परिचय–पत्र, स्मार्ट ड्राइभिङ लाइसेन्स, नागरिक एप, इ–पासपोर्ट, इम्बोस्ड नम्बर प्लेट, जनगणना, स्मार्ट सिटी, कोभिड ट्रयाकिङ एप डिजिटल सुशासन अन्तरगतका सेवा हुन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ३४ बजे