आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक १९ गते शनिबार, 
ई.सं. २०२२ नोभेम्बर ५ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष द्वादशी
उत्तरभाद्रपदा  – नक्षत्र
हर्षण– योग, 
बब – करण
आनन्दादि योगमा धुम्र योग
आज चन्द्रमा मीन राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज चाँगुनारायण अखण्ड दीप दर्शन र शनिप्रदोष व्रतको दिन । 
काठमाडौंमा सूर्योदय बिहान ६ः१८ बजे भयो भने  सूर्यास्त साँझ ५ः१५ मा हुने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : १० बजे