राष्ट्रपति भण्डारीले आइसल्यान्डको औपचारिक भ्रमण गर्नु हुँदै

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्यान्डको औपचारिक भ्रमण गर्ने हुनु भएको छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उहाँ यही कार्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डको भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नुहुने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्किनु हुनेछ । कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चार वटै सुरक्षा निकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित रूपमा सफल बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : २७ बजे