प्रशासनले मेला, महोत्सव, जात्रा र प्रदर्शनीमा राेक लगायाे

सुर्खेत – आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यम राख्न दिन दिन भित्र कुनै कुरा नगर्न आदेश गरिएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने बताए ।

यो अवधिमा जाजरकोटमा आधा दर्जन मेला, खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ४६ बजे