राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

मुस्ताङ I राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका एक सय २२ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो ।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित गौतम बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिनुभयो  । राष्ट्रपतिबाट मुक्तिनाथको रानी पौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिर्सोट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ५४ बजे